स्याउको बोट

   एउटा बारीमा  स्याउको रुख  थियो। रुखले  धेरै  स्याउहरु  दिन्थ्यो। एकदिन एउटा  नराम्रो मान्छेले  रुख  काट्यो। त्यो  रुखमा  एउटा मात्र   स्याउ  बाँकी थियो। त्यो  स्याउ दु:खी भएको थियो। त्यो स्याउलाई  एउटा  मान्छेले  आएर टिप्यो।  स्याउलाई  डर  लाग्यो। त्यो  मान्छेले   स्याउलाई  काटेर आफ्नो बारीमा  रोप्यो र स्याउ  बढ्दै  गयो।केही समयपछि स्याउ रुख  भयो। रुखमा  धेरै  स्याउहरु  फल्न  थाले ।त्यस  मान्छेले ती स्याउहरु बेचेर धेरै पैसा कमायो। उसले रुखलाई कहिल्यै पनि काटेन त्यसकारण रुखहरु पनि खुसी  भएर आफ्नो जीवन बिताउन थाले। 

यसरी हामीले बोटबिरुवाबाट पनि धेरै फाइदा लिन सक्ने भएकाले जथाभावी बोटबिरुवा नकाटेर संरक्षण गर्नु पर्दछ।

  –   डेन्जेल डन्डुल गुरुङ  

       कक्षा :३ क

Comments are closed.