समय

बालापनमा हरे! छुट्टै खुसी यस्तो थियो

समय बित्दै जाँदा खुसी पनि घट्दै गयो।

खुसीको क्षणमा लाग्छ समय नबिते हुन्थ्यो 

मैले चाहेजस्तो समय कसो गरी रोकिन्थ्यो। 

घडीको टिकटिक हेरेर सधैं समय कुर्नेहरुलाई

महसुस हुने छ जब समयले छोड्छ हामीलाई।

समयको एक-एक सेकेन्डको महत्त्व बुझ्नलाई

सोध सेकेन्ड भरमै  युद्ध जितेर सफल हुनेलाई।

अझै मिहिनेत गर भन्नुहुन्छ  सधैं गुरु मलाई 

समय ढल्केपछिको कामले फाइदा हुन्न कसैलाई ।

गर्ने काम आजै गरौं बाँकी राख्नु हुन्न भोलिलाई

खाना साँचे अरुलाई काम साँचे आफैलाई।

समृद्धि बास्ताकोटी

कक्षा :७

Comments are closed.