बिदाइको क्षण

सँगै हुँदा थियो जीवन एकदमै जाती

छुट्टिने बेला कति चाडै आएछ नि साथी।

सधैंभरि सम्झनेछौँ हाम्रो स्कुलको मानचित्र

आज छोडी जानु पर्दा पीडा छ नि मनभित्र ।

माफी दिनु मैले कतै गल्ती गरे भुलमा

फेरियो सोच नै जब राखेँ पाइला स्कुलमा।

राम्रो गर्दा ताली पाइयो नराम्रोमा गाली

हजुरले देखाएको बाटो लाग्ने हाम्रो पाली।

आँखा खोल्नुभयो हजुरले हाम्रो शिक्षक बनेर

सम्झिनेछु हजुरलाई सधैं मेरा भगवान् भनेर।

आएका थियौँ हामी अँध्यारो बाटोमा पाइला चाली

चम्काइ दिनुभो हाम्रो भविष्य शिक्षाको दियो बाली।

मिस मेडमको सङ्घर्ष र सरहरुको सधैं साथ

यो जीवन र स्कुललाई भुल्ने छैन मैले दिन रात।

सम्झिदा स्कुलका दिन खस्छ आँखाबाट आँसु 

साथी र स्कुल नै थियो मेरो मुटुको एक मासु।

यहीँबाट सिकेँ राम्रो व्यवहार र राम्रो काम

ठुलो मान्छे बनी चम्काउँछु यो स्कुलको नाम।

नराम्रो बानी फाली मैले राम्रो बानी पालेँ

बनी मैले आज्ञाकारी शिक्षालाई अँगालेँ।।

                          खेमराज सरदार 

                             कक्षा :१०

Comments are closed.