रोपाइँ खेतमा छोटो भ्रमण

हामी कक्षा २ का विद्यार्थीहरुले असार महिनामा धान रोपेका थियौं।साना-साना धानका बोट अहिले हुर्किएर ठुला बोट भएका रहेछन् । धानका बोट त मभन्दा नि ठुलो भएका रहेछन् । धानका बाला पहेँला र लटरम्म भएछन् ।यो हेर्दा मलाई निकै आनन्द आयो।हामीले त्यहाँ स्केल पनि लिएर गएका थियौं।हामीले ती धानका बालाहरुलाई नापेर हेर्‍यौं।धानखेतको राम्रोसँग अवलोकन गरेपछि हामी माथि चौतारामा आयौँ।त्यहाँको स्वच्छ वातावरणमा एकछिन खेल्यौँ र विद्यालय फर्कियौं ।विद्यालयका गुरुआमाले हामीलाई अब त दशैँपछि ती सबै धानका बालाहरु काटिन्छन् र त्यसबाट चामल बनाई हामीले भात खान पाउँछौं भनेर भन्नुभयो। त्यस बेलामा हामी सबै जना धान काट्न फेरि धानखेतमा जाने रे ! मलाई एकदमै धानबाट चामल कसरी बन्दो रहेछ भनेर हेर्न आतुर भइसक्यो । धानखेतमा जाने दिन छिट्टै आओस भनेर उत्सुकतापूर्वक कुर्दै बसेकी छु । त्यसपछि हामी सबै कक्षा  २ का विद्यार्थीहरु मिलेर धान रोपेदेखि धानबाट चामल बन्ने प्रक्रियासम्मको किताब पनि बनाउने योजना छ।यस्तो अनुभव लिन पाउँदा म निकै नै खुसी छु।

-जयशा आचार्य

 कक्षा: २ ‘क ‘

Comments are closed.