दशैं

दशैं नेपलीहरुको महान पर्व हो।दशैं असत्यमाथि सत्यको विजयको रुपमा मनाइन्छ। घटस्थापनाको दिन जौ ,गहुँ र मकैलाई जमराको रुपमा राखिन्छ।सप्तमीको दिन फूलपाती भित्र्याईन्छ।आठौं र नवौं दिन विभिन्न शक्तिपीठहरुमा जनावरको बली दिई पूजा गरिन्छ साथै घर- घरमा खसी,बोका, कुखुरा र राँगा काटिन्छन्। दशैंको दशौँ दिनमा ठुला मान्यजनहरुको हातबाट टीका र जमरा लगाई आशिर्वाद आदान प्रदान गरी विजया दशमी मनाइन्छ। मलाई टीका लगाउन मन पर्छ किनभने आफूभन्दा ठुलाबाट आशिर्वाद पाइन्छ अनि मन फुरुङ्ग हुन्छ।

-प्रयान राज पाण्डे 

 कक्षा : २ “क”

Comments are closed.