तिहार पर्व

   जीवन निरन्तर उत्सव होस्, वर्षभर उज्यालोको पर्व होस्, तब मात्र तपाईं अगाडि बढ्न सक्नुहुन्छ र तपाईं फुल्न सक्नुहुन्छ।तिहार जसलाई दीपावली पनि भनिन्छ। दशैंपछिको नेपालको सबैभन्दा ठूलो चाड हो तिहार जुन पाँच दिनसम्म मनाइन्छ। यो नेपाल र भारतका विभिन्न भागहरूका मानिसहरूले मनाउने प्रकाशको एक जीवन्त र रमाईलो पर्व हो। यो एक समय हो जब मानिसहरू जिवन्त संस्कृति, र परम्पराहरू मनाउन एकसाथ आउँछन्।

  संस्कृतिको महत्त्व यस चाडमा पाइन्छ। प्रेम, उत्सव र संस्कृतिले भरिएको चाड हो यो तिहार। काग तिहारबाट यो पर्व सुरु हुन्छ जसमा हामी कागको पूजा गरी विभिन्न मिठा खाने कुरा खान्छौं। दोस्रो दिन कुकुर तिहारसँगै कुकुरलाई सम्मान गरी खाना दिइन्छ फूल र माला चढाइन्छ आदि। तेस्रो दिन गाई तिहारमा गाईलाई मीठा कुराहरू खुवाएर टीका र मालाले पूजा गरेर मनाइन्छ। चौथो दिन मह पूजामा आत्मसम्मान र आत्म-प्रेमको प्रतीकको रूपमा मनाइन्छ। यो पर्वको पाँचौ दिन भाइटीकासँगै  समाप्त हुन्छ जहाँ दिदीबहिनीहरूले आफ्ना दाजुभाइको निधारमा टीका लगाउँछन्, एक अर्काको पूजा गर्छन् र एकअर्कालाई उपहार दिन्छन्। यो चाडमा  प्रायः पटाका पट्काउने, घर–घर गएर देउसी भैलो खेलिने  र पैसाको रुपमा उपहार माग्ने, फूल र झिलिमिली बत्तीहरुले आफ्नो घर सजाउनु, आँगनको भुइँहरुमा विभिन्न रंगको रंगोली बनाउनु, आफ्नो घरलाई दियोले उज्यालो गर्नु  जस्ता अरु विभिन्न क्रियाकलाप  लक्ष्मीपूजाको दिन गरिन्छ। तिहार पर्वले हामीलाई प्रेम, सम्मान र नम्रता सिकाउँछ। 

  अन्त्यमा म भन्न चाहन्छु कि  हामी हरेक दिन असल मानिस बन्न कोसिस गर्नुपर्छ र जीवनलाई तिहार जस्तै उज्ज्वल मनाउनु पर्छ।

 -सुजल मान श्रेष्ठ

  कक्षा :९ 

Comments are closed.