आमा

यो संसार  देखाउने  महान् मेरी आमा 

दु:खकष्ट  सहेर पढ भन्छिन् मेरी आमा |

धेरै सिकाउनुहुन्छ मलाई अनुशासनको पाठ 

कसरी महान् बन्ने भनेर लिन्छु उहाँको साथ |

मनको कुरा कुरा बुझ्ने उहाँ दु:खको मेरी साथी 

चोट कहिले आउन दिनुभएन उहाँले म माथि |

आफ्नो पिडा नदेखाएर गर्छिन् धेरै काम 

पढ्न लेख्न सिकाएर सुनाउनुहुन्छ दर्शन |

म पढेको सुनेर  खुसी हुन्छिन् मेरी आमा

भन्छिन् पढेर नै पुगिन्छ चन्द्रमामा |

आमाको माया र दु:ख  बुझी म पढ्छु 

काम राम्रो गरि सुयोग्य पुत्र कहालिन्छु ||

  • अभिनव लम्साल (कक्षा ६ )
Comments are closed.