बेरोजगारी                                      

जान्छन् मान्छेहरु काम गर्न खाडी 

सोच्दै हुन्छन् चढ्न पाऊ राम्रो गाडी।

परिवार र देशलाई छोडेर गयौ

त्यहाँ गएपछि धुरुधुरु रोयौ।

सक्नु जति बगायौ पसिना प्रदेशमा

भैगो अब फर्की आऊ आफ्नै देशमा।

जति सक्छौ देशमा त्यति नै कमाऊ

आफ्नै घर परिवारसँग यतै रमाऊ।

पाएनौ रोजगारी तिमीले यो देशमा 

परदेश त रहेछ कारागार कै भेषमा।

छ हरेक तहमा आफ्नै अनुरुपको भ्रष्टाचार 

सहेर कति दिन  बस्नु यस्तो अत्याचार ।

नेताहरुको मुहारमा सधैं चम्किलो हाँसो 

हामी जनताको कसलाई छ यहाँ चासो।

त्यसैले आऊ फर्की छोडेर परदेश 

उठौँ,जागौँ,फेरौँ र सजाऔँ आफ्नै देश।

-कर्ता कारक समूह  कक्षा :७ 

( अक्षेता पोखरेल,मनिला पौडेल,हेमन्त शर्मा, बारिस घर्तीमगर,योगेश पौडेल )

डिजाइन थिकिंङ प्रोजेक्ट 

Previous

Next

Comments are closed.