यो संसार देखाउने महान् मेरी आमा
दु:खकष्ट सहेर पढ भन्छिन् मेरी आमा |
धेरै सिकाउनुहुन्छ मलाई अनुशासनको पाठ
कसरी महान् बन्ने भनेर लिन्छु उहाँको साथ |
मनको कुरा कुरा बुझ्ने उहाँ दु:खको मेरी साथी
चोट कहिले आउन दिनुभएन उहाँले म माथि |
आफ्नो पिडा नदेखाएर गर्छिन् धेरै काम
पढ्न लेख्न सिकाएर सुनाउनुहुन्छ दर्शन |
म पढेको सुनेर खुसी हुन्छिन् मेरी आमा
भन्छिन् पढेर नै पुगिन्छ चन्द्रमामा |
आमाको माया र दु:ख बुझी म पढ्छु
काम राम्रो गरि सुयोग्य पुत्र कहालिन्छु ||
- अभिनव लम्साल (कक्षा ६ )