अनलाईन कक्षाको अनुभव

आजको एक्काईसौं शताब्दीमा जहाँ विज्ञान र प्रविधिले ठुला- ठुला आविष्कारहरु मानव समक्ष राखेको अवस्था छ। विज्ञान र प्रविधिका कारण असम्भव कार्यहरु सम्भव भएका छन्। जस्तै कुनै आन्दोलन, बन्द  तथा विशेष परिस्थितिमा  विद्यालय र कार्यालयहरु पूर्ण रूपमा बन्द हुने गर्थे तर आजको दिनमा त्यस्तो अवस्था छैन।घरैमै बसेर पठन पाठन र अन्य कार्यालयका कामहरु पनि विज्ञान र प्रविधिको सहयोगले सजिलैसँग सम्पन्न गर्न सकिने भएकाले  मानवीय जीवनमा सजिलो भएको छ। हाम्रो अध्ययन स्कुलले पनि बन्दको समयमा अनलाइन कक्षा संचालन गरेको थियो।त्यस दिन मंगलबार परेको थियो बिहानैदेखि कक्षाको तयारीका निम्ति मोबाइल तथा ल्यापटपलाई चार्ज गरेर तयारी अवस्थामा राखेको थिएँ ।

किताब कापी हामीले स्कुल मै राखेका भएपनि हाम्रा शिक्षकहरुले अनलाइनबाट  शैक्षिक सामग्रीको प्रयोग गरेर हामीलाई पढाउनु भयो।बेला-बेलामा इन्टरनेट र बत्ती जाँदा  केहि असहज भने हुने रहेछ।अध्ययन स्कुलले एउटा त्रैमासिकमा एक दिन अनलाइन कक्षा संचालन गर्दै आएको छ जसले गर्दा हामी विद्यार्थी हरुलाई स्कुलभन्दा बाहिर अर्थात घरमै बसेर पनि ज्ञान आर्जन गर्न सकिन्छ भन्ने शिक्षा प्राप्त गरियो। कक्षाकोठाभन्दा बाहिरको सिकाइ पनि रोचक र रुचिपूर्ण हुने रहेछ।

-सामप्रस आचार्य

कक्षा :९

Comments are closed.