अध्ययनमा वातावरण दिवस

वातावारण हाम्रा लागि महत्वपूर्ण छ। हामी वातावारणमा बस्छौँ।वातावारणकै स्रोतले हामी जिविका  चलाउछौँ।आजभोलि बढ्दो जनसंख्या, मानवबस्ती र उद्योगको धुवाँधुलोले हाम्रो वातावरणलाई हानि पुर्‍याइरहेको छ। वातावारणका स्रोतहरु प्रदूषित हुँदै गएका छन्। स्वच्छ वातावरण निरोगी जीवन बनाउने उद्देश्यले हामी हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावारण दिवस मनाउने गर्दछौँ। यस दिन हामीले विभिन्न माध्यम अपनाएर वातावारणको संरक्षण गर्ने प्रयास गर्छौं।हामीले अध्ययन स्कुलमा पनि वातावारण दिवस मनायौँ। वातावारण संरक्षण गर्ने र वातावरण सम्बन्धी पाएको शिक्षाको सदुपयोग गर्ने कर्तव्य हामी विद्यार्थीहरुको पनि हो।

यसकारण हामीले वातावरण दिवसको उपलक्ष्यमा पुनः प्रयोग प्रतियोगिता आयोजना गरेका थियौँ।त्यस दिन हामी सबैले फरक फरक सामग्री  जस्तै बोतल, प्लास्टिक आदिका नयाँ नयाँ चिजवस्तु  बनाई स्कुलमा ल्याएका थियौँ  जसमा कसैले  झोला,कसैले  बट्टा त कसैले  खेलौना बनाएर ल्याएका थियौँ।  उक्त प्रतियोगितामा सिर्जनात्मक क्षमताको जाँच  गर्न हाम्रा निर्णायक मण्डलका सदस्यहरु आउनुभयो।उहाँहरुले सबै जनाले निर्माण गरेका सामग्रीहरु हेर्नु भयो र विभिन्न सल्लाह सुझाव दिनुभयो। उहाँहरुले  विजेता पनि छान्नु भयो ।एउटा मात्र विजेता भएपनि सबै जनाको सिर्जना उत्तिकै राम्रो थियो।त्यो दिन आफूले बनाएका र अरुले बनाएका सामग्री  हेर्न उति नै रमाइलो भयो।हामीले वातावारणको महत्त्व  र संरक्षण गर्ने धेरै उपायहरुको ज्ञान पायौँ। प्रयोगमा नआउने चिजवस्तु  जथाभावी फालेर वातावरण प्रदूषित पार्नु भन्दा पुनः प्रयोगमा ल्याएर अरु उपयोगी सामग्री बनाउन सकिन्छ भन्ने  सन्देश सबै माझ दिएर हामीले  वातावरण दिवस राम्रोसँग मनायौँ।

अजपा थानी

कक्षा :७

Comments are closed.