ओठमा त हाँसो लिएर हिड्छु होला तर
यो हाँसोभित्रको व्यथा कसलाई थाहा छ र!
बाहिर देख्दा ओठमा छ होला हाँसो तर
यो मन भित्रभित्रै जलेको कसलाई थाहा छ र!
मैले आफ्ना भन्नेहरु कहिल्यै आफ्ना भएनन्
मलाई बुझ्छु भन्नेहरुले कहिल्यै पनि बुझेनन् ।
मेरो पनि मन मुटु छ बोल्दा अलि ख्याल गर्नु
मेरो बारे बोल्नु अधि सयपटक सोच्ने गर्नु।
मन दु:ख्दा हाँसेर टारेको कहाँ भुल्न सकुँला र
यो मनभित्र लुकेका कुरा कसलाई भन्न सकुँला र!
आफ्ना भन्नेहरु नै रङ देखाउँदा रहेछन् यहाँ
अब त दुनियाँमा विश्वास लिन जाने कहाँ ?
मन भित्रका कुरा अब कसलाई भन्ने हो खै
जसलाई भने पनि बुझी दिने को छ नि है!
मनभित्र त छन् धेरै पिडा खै कसलाई सुनाउने
यो मनभित्रका कुरा बुझ्न को होला र आउने?
मनभरि झुटो हाँसो लिएर कति दिन हिन्ने हो खै
आखिर सबले देख्ने हाम्रो त्यो सानो गल्ती हो नि है!
झुटो दुनियाँ देख्दा त मन खिन्न भएरै आउँछ नि है
जति दु:ख जति झुट सहेर नि बाँच्न बाध्य छौँ है।।
– लजना महर्जन
कक्षा :८