भिन्नता

म पनि हो मान्छे, मेरो पनि जीवन छ,

कर्म गर्छु खान्छु लाउँछु यहीँ नै छ।

न त पैसा न त इज्जत खुसी छ जति छ,

जति गरे पनि  जीवन त यहीँ पो रहेछ।

जता जान्छु जे गर्छु अन्धकार नै अन्धकार छ,

मानिस त यहाँ मनले नभई पैसाले ठुलो हुँदो रहेछ।

जीवन भरी पीडा सही कति भोगे दु:ख,

भाग्यले यहीँ दिएको रहेछ कहिल्यै पाइन सुख।

दिनभरि पसिना बगाई खान्छु त्यहीँ एक छाक,

बद्लिएन कहिल्यै  मेरो जीवन खाएँ मैले हार।

भए म त मनले ठुलो पैसाले भएन कहिल्यै ,

पैसा भएर के गर्छौ? लग्दैन मर्दा कसैले।

   -सुनिता खनाल (कक्षा :९)

Comments are closed.
News/Events
View All