नृत्य प्रतियोगिता २०७८

नृत्य एक कला हो।संगीतको माध्यमद्वारा शारीरमा हाउभाउ प्रस्तुत गरिने भावलाई नै नृत्य भनिन्छ।यो एउटा मनोरञ्जन मात्र नभई साधना पनि हो। 

हामीले  भर्चुअल रुपमा बाल दिवसका दिन  कक्षा १ देखि कक्षा ९ सम्म एकल नृत्य प्रतियोगिता संचालन गरेका थियौं ,जसमा सम्पूर्ण विद्यार्थीहरु सहभागी भएर आ- आफ्नो प्रतिभा देखाएका थिए। नृत्य प्रतियोगितामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरुलाई पहिले नै नृत्य प्रतियोगितामा पालना गर्नु पर्ने नियमको बारेमा जानकारी दिइएको थियो र सोहीअनुरुप प्रतियोगीहरुले तयारी गरेर सुन्दर नृत्य प्रस्तुत गरेका थिए।नृत्य प्रतियोगितामा सहभागी विद्यार्थीहरुको नृत्य कला देखेर सबै दर्शकको मन तानेको थियो। गीत र गीतको भावसँग मिल्ने खालको शृङ्गार र भेसभुषाले  गर्दा नृत्य झनआकर्षक देखिएको थियो।

 नृत्य प्रतियोगिता सुरु हुनु भन्दा अघिसम्म आएका भिडियोहरुलाई मान्यता दिई सोही अनुसार निर्णायकहरुले मूल्यांकन गरेका थियौं ।  नृत्यको मूल्यांकनका लागि गीतको चयन ,शृङ्गार, भेसभुषा,मञ्चको प्रयोग ,अनुहार र शरीरको हाउभाउ जस्ता पाँचवटा आधारमा निर्णय लिई  प्रथम ,द्वितीय र तृतीय छनोट गरेर प्रतियोगिता समापन गरिएको थियो। 

-पारु श्रेष्ठ (नृत्य शिक्षिका)

Comments are closed.
News/Events
View All