म पनि हो मान्छे, मेरो पनि जीवन छ,
कर्म गर्छु खान्छु लाउँछु यहीँ नै छ।
न त पैसा न त इज्जत खुसी छ जति छ,
जति गरे पनि जीवन त यहीँ पो रहेछ।
जता जान्छु जे गर्छु अन्धकार नै अन्धकार छ,
मानिस त यहाँ मनले नभई पैसाले ठुलो हुँदो रहेछ।
जीवन भरी पीडा सही कति भोगे दु:ख,
भाग्यले यहीँ दिएको रहेछ कहिल्यै पाइन सुख।
दिनभरि पसिना बगाई खान्छु त्यहीँ एक छाक,
बद्लिएन कहिल्यै मेरो जीवन खाएँ मैले हार।
भए म त मनले ठुलो पैसाले भएन कहिल्यै ,
पैसा भएर के गर्छौ? लग्दैन मर्दा कसैले।
-सुनिता खनाल (कक्षा :९)