सुन्दर पहाड तनहुँ जिल्ला रम्घा भन्ने गाउँ
त्यहीँ गाउँमा जन्मिएका भानुभक्त हो नाउँ ।
पहाडको माटोमा खेल्दै हुर्किएका उनी
शिक्षा र साहित्यमा हुँदै गए धनी।
आफ्नै बाजे गुरु उनका घरमै पाठशाला
वधूशिक्षा रामसीता कृति भक्तमाला।
रामायणलाई नेपालीमा अनुवाद गरी
नेपालीका घर-घरमा राम महिमा भरी।
धेरै कृति लेखे उनले कविता र कथा
तिनै भित्र समेटेर इतिहासका गाथा।
गफलाई नै कवितामा ढाल्न सक्ने उनी
अक्षरबाटै सुन्दर माला बुन्न सक्ने उनी।
सिक्न सक्छौं धेरै हामी कवि भानुभक्तबाट
मिहिनेती र लगनशील बनौं सानै उमेरबाट ।
– आरोग्या अर्याल (कक्षा ७)