पत्रु खाना 

मिठो मिठो मानेर मिठाइ चोरी खाएँ 

किराले दाँत खाएछ आफैदेखि लजाएँ 

साथीले खाएको देखेर चाउचाउ किनी ल्याएँ 

साथीको पेट दुखेछ फिर्ता गरी आएँ ।

पत्रु खाना खाएर बिरामी आफैलाई बनाएँ 

ज्ञानको कुरा सिकाउने गुरुआमा पाएँ 

पोसिला खाना खाएपछि रोग सबै भगाएँ 

नजिकै थियो भकुण्डो जोडसँग हिर्काएँ ।

कति मिठो खिर खाजा रमाएर खाएँ 

आमासँगै बसेर मिठो गीत गाएँ 

चाउचाउ बिस्कुट सबैलाई चोरी औँला ठडाएँ 

पत्रु खाना नराम्रो बल्ल आज थाहा पाएँ।

      

 प्रसिद्धि बस्ताकोटी 

 कक्षा :३ ‘ख’ 

                     

Comments are closed.