कोपिला हुन् यी ,साना नानी,बाबुहरु ,फुलेर सुवास छर्नेछन् ,
पढी लेखी ज्ञानीगुणी बनी ,संसारमै मगमगाउने छन् ।
कलीला छन् यी मुनाहरु ,बढेर बोटझैँ सौन्दर्यका शोभा ,
असहाय , गरिब र निमुखाका निम्ति शीतलताको छहारी बन्नेछन् ।
हाँस्छन् ,खेल्छन् , नाच्छन् र गाउछन् स्वस्फुर्तिको संसारमा,
अनि रमाउछ्न् चाहा अनुसार सद्गुण सबै माझ पुर्याउने छन्।
आफूलाई चिनाउन संसारमै अनेकमा एक , हुन्छन् पृथक
भई अनुशासन र इमानदारले कर्म गरि ,निश्चय महान् बन्ने छन् ।
कोमल हात ,चंचल नयन र तोते बोलीको लालित्य छ,
न्यानो नगण्य ममता दिऔं स्वत : अनि बिचित्रताले लहराउने छन् ।
– मदन एस.के `सङ्गम´