छाउपडी प्रथा

छाउपडी भनेको अन्धविश्वास परम्परा हो l हामी सबै महिला मिलेर यो परम्परालाई उल्मूलन गर्नुपर्छ l महिनावारी हुँदा हामीले विशेष ख्याल गर्नुपर्छ l छाउपडी प्रथा यस्तो समस्या बनेको छ जसले महिला दिदीबहिनीलाई पिडा भोग्ने बाटो बनि सकेको छ l सहरमा त यो प्रथा प्राय जसो हटिसकेको छ l छाउपडी हुँदा पौष्टिक कुरा खानुको सट्टा महिलालाई चिसो खानु हुँदैन भान्सा घरमा पस्न नदिने यस्ता  कुराले महिलाको स्वास्थ्यलाई असर गर्न सक्छ  l महिलाको स्वास्थ्यको ध्यान पहिलो कुरा र ठुलो कुरा हो l महिलाले पनि आफ्नो स्वास्थ्यको हेरविचार गरेर समयमै प्याड बदल्ने ,पौष्टिक खानेकुरा र आराम भयो भने महिलाको स्वास्थ्य राम्रो हुन्छ l 

धन्यवाद ! 

सम्वृद्धि अधिकारी 

कक्षा ४ ‘ए’

Comments are closed.
News/Events
View All