पत्रु खाना

पत्रु खाना

मिठो मिठो मानेर मिठाइ चोरी खाएँ

किराले दाँत खाएछ आफैदेखि लजाएँ

साथीले खाएको देखेर चाउचाउ किनी ल्याएँ

साथीको पेट दुखेछ फिर्ता गरी आएँ ।

पत्रु खाना खाएर बिरामी आफैलाई बनाएँ

ज्ञानको कुरा सिकाउने गुरुआमा पाएँ

पोसिला खाना खाएपछि रोग सबै भगाएँ

नजिकै थियो भकुण्डो जोडसँग हिर्काएँ ।

कति मिठो खिर खाजा रमाएर खाएँ

आमासँगै बसेर मिठो गीत गाएँ

चाउचाउ बिस्कुट सबैलाई चोरी औँला ठडाएँ

पत्रु खाना नराम्रो बल्ल आज थाहा पाएँ।

प्रसिद्धि बस्ताकोटी

कक्षा :३ ‘ख’