घाेडा मेराे छँदै छ

white horse on green grass

दशैँमा म गाउँमा गएँ,

गाउँमा मैले टीका लाएँ ।

टीका लगाई पैसा पाएँ,

पैसाले मैले औंठी किनेँ।

औंठी मैले साथीलाई दिएँ,

साथीले मलाई चाँदी दियाे।

चाँदी मैले राजालाई दिएँ,

राजाले मलाई गैँडा दिए ।

गैँडा मैले घाेडासँग साटेँ,

घाेडा मैले दाजुलाई दिएँ।

दाजुले मलाई कैँची दिए,

कैँचीले मैले कागज काटेँ।

कागज काटेर फूल बनाएँ,

फूल मैले काेठामा सजाएँ।

फूल मेराे छँदै छ,

घाेडा मेराे छँदै छ ।

साम्राज्ञी नकर्मी

कक्षा – ४ (ख)