हामी जनता

हामी जनता

हातमा ठेला छन् एक गाँस खान पनि गारो

के गर्नु जनताको घरमा आटो छ सारो न सारो।

मिहिनेत जति गरे पनि सकेनौं अघि बढ्न

नेता मात्रै किन होलान् पाउने महलमा बस्न।

नेता तिमीले पिएका छौ गरिब जनताको रगत

नदीनाला सबै बेची कुरा गर्छौ किन फगत।

हाम्रो खुसी बेची बेची के पायौ र खासमा?

जनता तिम्रो आसमा तिमी खेल्छौ हाम्रो लासमा।

देश बनाउन सक्छौ भने पाउछौ तिमी तारिफ

कालो धन थुपारेर किन बन्छौ अति सरिफ।

अहिले कालो धन लुकाएका छौ कुन कुनामा

निस्केको दिन त्यो नाक कसरी देखाउछौ दुनियाँमा।

हेर! छ अझै समय सक्छौ भने आफू सुधर्न

छोडी देऊ सधैं आफ्नो स्वार्थको पेट भर्न।

आशा छ तिम्रो मनमा नयाँ ऊर्जा आओस्

जनताले पनि नयाँ बिहानी हेर्न पाओस् ।।

– श्रवण रेग्मी

कक्षा : ९