फुलबारी

फुलबारी

गर्मी हुँदा मन बिसाउने चाैतारी

फुलबारी देखेपछि हिड्दिन म भाैतारी

म त लागे साथी गाेडमेल गर्न फुलबारी

फूल हेर्न आउ है तिमीहरु घरबारी ।

सप्तरङ्गी फूलहरु फुलेका ढकमक

फूल हेरेर सबै जना खुसीले भए गमक्क

भमरा र पुतली नाचेका छन् खुसीले

एकान्तमा ध्यान गर्ने ठाउँ भन्छ यसले।

हजुरबुबा लाैराे टेक्दै आउनुहुन्छ बारीमा

फूल देखेर हजुरआमा मुस्कुराउनु भाे सारीमा

बेेलुकीपख बाबाआमा आउनुभयाे आँगन

भाइबहिनी बाबासँग मिठाे पापा मागन ।।

-आराेही रिजाल

कक्षा: ५ ख