भानुभक्त

सुन्दर पहाड तनहुँ जिल्ला रम्घा भन्ने गाउँ 

त्यहीँ गाउँमा जन्मिएका भानुभक्त हो नाउँ । 

पहाडको माटोमा खेल्दै  हुर्किएका उनी

शिक्षा र साहित्यमा  हुँदै गए धनी।

आफ्नै बाजे गुरु उनका घरमै पाठशाला 

वधूशिक्षा रामसीता कृति भक्तमाला।

रामायणलाई नेपालीमा अनुवाद गरी

नेपालीका घर-घरमा राम महिमा भरी।

धेरै कृति लेखे उनले कविता र कथा

तिनै भित्र समेटेर इतिहासका गाथा।

गफलाई नै कवितामा ढाल्न सक्ने उनी

अक्षरबाटै सुन्दर माला बुन्न सक्ने उनी।

सिक्न सक्छौं धेरै हामी कवि भानुभक्तबाट 

मिहिनेती र लगनशील बनौं सानै उमेरबाट ।

– आरोग्या अर्याल (कक्षा ७)

Comments are closed.