भानु जयन्ती मनाइयो

                                                                        भानु जयन्ती मनाइयो

अध्ययन स्कुलले २०५औं भानु जयन्ती कविता वाचन प्रतियोगिता आयोजना गरी मनाएको छ । विद्यालयका हरेक सदनका विद्यार्थीहरु बीच कविता वाचन प्रतियोगिता सम्पन्न भएको थियो । सो प्रतियोगिताबाट प्रत्येक सदनबाट दुई दुई उत्कृष्ट विद्यार्थीहरु अन्तिम प्रतियोगिताका लागि छानिएका थिए । ती आठ विद्यार्थीहरु बीच अन्तर्सदन कविता वाचन प्रतियोगिता वि.सं. २०७५ असार २९ गते बिहान सम्पन्न भयो । सो प्रतियोगितामा आधारभूत तहमा केशबराज बराल (पहेलो सदन) प्रथम, फुर्साङ गुरुङ (निलो सदन) द्वितीय, रुपेश घिमिरे (रातो सदन) तृतीय र परिवेश खड्का (हरियो सदन) चौथो भएका थिए । त्यसैगरी, माध्यमिक तहमा सौलभी गुरुङ (निलो सदन) प्रथम, सुनिता बराल (रातो सदन) द्वितीय, बबिशा कँडेल (पहेलो सदन) तृतीय र प्रसुन पाठक (हरियो सदन) चौथो भएका थिए । समग्र विद्यालयमा सौलभी गुरुङले मिठो स्वर र लयमा आदिकवि भानुभक्त आचार्यद्वारा लेखिएको कविता वाचन गरी प्रथम भएको अतिरिक्त क्रियाकलाप शाखाले जनाएको छ ।

 

 

 

 

 

 

 

 

Comments are closed.