बाल संसार

कोपिला हुन् यी ,साना नानी,बाबुहरु ,फुलेर सुवास छर्नेछन् ,

पढी लेखी ज्ञानीगुणी बनी ,संसारमै मगमगाउने छन् ।

 

कलीला छन् यी मुनाहरु ,बढेर बोटझैँ सौन्दर्यका शोभा  ,

असहाय , गरिब र निमुखाका  निम्ति शीतलताको छहारी बन्नेछन् ।

 

हाँस्छन्  ,खेल्छन्  , नाच्छन् र  गाउछन्  स्वस्फुर्तिको संसारमा,

अनि  रमाउछ्न्  चाहा  अनुसार सद्गुण सबै माझ पुर्याउने छन्।

 

आफूलाई चिनाउन संसारमै  अनेकमा एक , हुन्छन् पृथक

भई  अनुशासन र इमानदारले कर्म गरि  ,निश्चय महान् बन्ने छन्  ।

 

कोमल हात ,चंचल नयन र तोते बोलीको लालित्य  छ,

न्यानो नगण्य  ममता दिऔं स्वत : अनि बिचित्रताले लहराउने छन् ।

 

– मदन एस.के `सङ्गम´

Comments are closed.